अफ्रिकी देश सुडानमा गृहयुद्ध लम्बिएपछि त्यसको अवसर देखिन थालेको छ । गृहयुद्धका कारण हालसम्म कम्तीमा पनि ५० बालबालिकाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अनाथालयमा रहेका बालबालिकाको मृत्यु भएको छ ।
रोयटर्सका अनुसार सुडानमा सैनिक र अर्धसैनिक बलबीच लडाइँ जारी छ । लडाइँले देशभित्र असर गर्दा कुपोषण र संक्रमणका कारण बालबालिकाको मृत्यु भइरहेको छ ।
जारी गृहयुद्धमा ८०० बढी व्यक्तिको मृत्यु भएको छ भने १३ लाख व्यक्ति विस्थापित भएका छन् ।
सरकारी अनाथालयमा बालबालिका गृहयुद्धबाट प्रभावित भएका छन् । मृत्यु हुनेमा नवजात र १ वर्षभन्दा कम उमेरका बालबालिका बढी रहेका रिपोर्टमा उल्लेख छ ।