२५ असार २०८३, बिहीबार

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

कात्तिक २०, २०७४
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन, २२ भदौ– पूर्वी चितवनको खैरहनीमा ट्रकको ठक्करबाट बिहीवार दिउँसो एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार खैरहनी नगरपालिका– १० शान्तिबजारको भित्री सडकखण्डमा ना६ख २३८९ नंको ट्रकले ना२०प ६८ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कृष्णमणि न्यौपानेको मृत्यु भएको हो ।

खैरहनी नगरपालिका–१० निवासी अन्दाजी ६५ वर्षीय न्यौपानेको उपचारका लागि भरतपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्