
एनआईबिएल एस क्यपिटल लिमिटेड र नेशनल पेमेन्ट स्विच (एनपीएस) बीच सम्झौता भएको छ ।
सम्झौतामा एनआईबिएलका तर्फबाट डेपुटी सीईओ मेखबहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका सीईओ नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल)को भुक्तानी प्रणालीका माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्थाका लागि एनपीइसमा आबद्ध भएको एनआईबिएलले जनाएको छ ।
सम्झौतापश्चात एनआईबीएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरू गर्न सकिने कम्पनीले जनाएको छ ।
क्यापिटलका डिभिडेण्ड, तलब, भेण्डरलगायतका भुक्तानीसम्बन्धी कारोबारका लागि बैंक खाताहरू बीच सोझै स्विच गर्न सकिनेछ ।
एनआईबिएल एस क्यापिटल लिमिटेड नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।
यसले सन् २०११ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, सम्पत्ति व्यवस्थापन सेवादेखि डिपोजिटरी पार्टिसिपेन्टसम्बन्धी विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने १५ बीमा कम्पनीहरूका साथै अन्य पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू सहित ९० भन्दा बढी गैर—बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।