राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
नयाँ संसद् आएको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई पुरानै विधेयक प्रमाणीकरण गरिएको भन्दै रविले असन्तुष्टि जनाएका हुन् ।
'नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमाविपरीत, लोकतान्त्रिक संसदीय मूल्यमान्यता र राष्ट्रहितविपरीत छ,' रविले फेसबूकमा लेखेका छन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेर राखेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार प्रमाणीकरण गरेका हुन् ।