१२ असार २०८३, शुक्रबार

किर्ते मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

जेठ १७, २०८०
काठमाडौं
किर्ते मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन
फाइल फोटो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

किर्ते गरेर भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत काठमाडौंले गरेको फैसला चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार नागरिकतामा किर्ते गरेर भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा विशेष अदालतले प्रतिवादीहरूलाई सफाइ दिएको थियो ।
 
किर्ते आराेपमा आयोगले शेष अव्वास, चन्द्रदेव ठाकुर, सवरुन खातुन, आरिफ हुसेन, सदनकुमार कर्ण र दुर्गादत्त पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्