१० साउन २०८३, आइतबार

ए डिभिजन लिग फूटबलमा मछिन्द्रले सातदोबाटोलाई हरायो

ए डिभिजन लिग फूटबलमा मछिन्द्रले सातदोबाटोलाई हरायो

शहीद स्मारक ए डिभिजन लिग फूटबल प्रतियोगिता अन्तर्गत बुधवार भएको खेलमा मछिन्द्र फूटबल क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

मछिन्द्रको जितमा आफिज ओलावालेले ह्याट्रिक पूरा गरे ।
    
पराजित सातदोबाटोका जोर्डन पुन मगरले १ गोल फर्काए । खेलको १७औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्रलाई शुरूआती अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाए ।
    
खेलको ५६ मिनेटमा ओलावालेले ह्याट्रिक पूरा गर्दै मछिन्द्रलाई ३–० अग्रता दिलाए । त्यसपछि खेलको ८४औं मिनेटमा सातदोबाटोका जोर्डनले १ गोल गरे । 

जीतसँगै मछिन्द्र २३ खेलमा ३९ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । समान खेल खेलेको सातदोबाटो २९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्