०५ साउन २०८३, मंगलबार

नागरिकता विधेयकको विरोध : अनेरास्ववियुले गर्‍यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नागरिकता विधेयकको विरोध : अनेरास्ववियुले गर्‍यो राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधवार साँझ बुटवलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलको पुत्ला दहन गरेको छ ।

राष्ट्रपतिले विवादास्पद नागरिकता विधेयक प्रमाणित गरेर मुलुकलाई सिक्किमीकरणको बाटोमा लगेको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।

अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले प्रधानमन्त्रीको दबाबमा मृत अवस्थामा रहेको विवादास्पद नागरिकता विधेयक जगाएर राष्ट्रपतिले प्रमाणिकरण गरेकाले विरोधमा पुत्ला दहन गरिएको बताए ।

बुटवल बहुमुखी क्याम्पसबाट प्रधानमन्त्री र राष्ट्रपतिको पुत्लासहित निस्केको विद्यार्थीको जुलुस लक्ष्मीनगर प्रवेशद्वार पुगेपछि प्रहरीले रोकेको थियो ।

प्रहरीले जुलुसलाई रोकेपछि विद्यार्थी र प्रहरीबीच केहीबेर धकेलाधकेल र पुत्ला खोसाखोस भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्