१५ असार २०८३, सोमबार

वन्यजन्तु सम्बन्धी कसूरमा २ जना पक्राउ

वन्यजन्तु सम्बन्धी कसूरमा २ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु सम्बन्धी कसूरमा २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चेपाङलाई जेठ १३ गते सौराहाबाट र प्रजालाई जेठ १४ गते घरबाटै पक्राउ गरिएको हो । वन्यजन्तु चोरी शिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । 

प्रजाको घरबाट २ थान भरुवा बन्दुक समेत बरामद गरिएको तिवारीले जानकारी दिए । हातहतियार खरखजना सम्बन्धी मुद्दाका लागि हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ ।

वन्यजन्तु सम्बन्धी कसूरमा निकुञ्ज कार्यालयले अनुसन्धान थालेको छ ।

salt training

कमेन्ट गर्नुहोस्