२९ जेठ २०८३, शुक्रबार

सहकारीको ८ करोड बढी रकम हिनामिना गरेको अभियोगमा ६ जना पक्राउ

सहकारीको ८ करोड बढी रकम हिनामिना गरेको अभियोगमा ६ जना पक्राउ

एक सहकारीको करोडौँ रकम हिनामिनामा संलग्न भएको अभियोगमा संस्थाका कार्यकारी अध्यक्षसहित ६ जना पदाधिकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-९ स्थित एकता बुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मंगलवार प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ-९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय शम्भु कार्की र सोही नगरपालिका-९ बस्ने गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । 

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, सहकारी महाशाखाबाट पत्रचार भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले संस्थाका बचत कर्ताहरूबाट मुद्दती तथा बचत खातामा करोडौं रुपैयाँ निक्षेप संकलनगरी संस्थाका संचालकहरूले व्यक्तिगत लाभका लागि प्रयोग गर्ने गरेका थिए । 

संस्था धरासायी बनाएपछि बचतकर्ताले रकम फिर्ता लिन जाँदा फिर्ता नगरेको प्रहरीको भनाइ छ । 

उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्