
काठमाडौं, २२ भदौ - राप्रपाका अध्यक्ष कमल थापाले आफूहरु कमजोर संगठन, साधन स्रोतको कमी र एजेण्डा बारेमा भ्रम भएकोले पार्टी कमजोर बताएका छन् । पार्टीको मध्यमाञ्चल क्षेत्रीय बेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै उनले पार्टी विभाजनमा कुनै पनि आन्तरिक कारण नभएको बताउका छन् । उनले लगाइका अरोपहरु मसिना भएको समेत स्पष्ट पारेका छन् ।
अध्यक्षको कार्यशैलीकै कारण पार्टी नफुट्ने उनले बतँए । विचार नमिलेर पार्टी फुट्ने समेत उनले कार्यकर्ताहरुलाई स्मरण गराए ।
नेपाल हिन्दु राष्ट्र नबनोस्, राष्ट्रवादीहरु कमजोर बनुन भन्ने डिजाइन अनुसार नै पार्टी विभाजन भएको उनले बताए । पशुपति शसमेर पार्टी फुटाउने केबल मोहरा मात्रै भएको बताए ।