२५ जेठ २०८३, सोमबार
प्रचण्डको दिल्ली यात्रा

प्रचण्डको भारत भ्रमण : कुर्था-बिजुलपुरा र बथनाहा-विराटनगर रेलमार्ग उद्घाटन

प्रचण्डको भारत भ्रमण : कुर्था-बिजुलपुरा र बथनाहा-विराटनगर रेलमार्ग उद्घाटन

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा कुर्था-बिजुलपुरा र बथनाहा-विराटनगर रेलमार्गको उद्घाटन भएको छ ।

धनुषाको कुर्थादेखि महोत्तरीको बिजुलपुरासम्म भारतको सहयोगमा निर्मित रेलमार्ग तथा भारतको बथनाहादेखि विराटनगरसम्मको कार्गो रेल प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीवार संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

मोदी र प्रचण्डले संयुक्त रूपमा हरियो झण्डा उठाएर रेल उद्घाटन गरे ।

बथनाहाबाट विराटनगरका लागि कार्गो रेल छुटेको छ । उक्त रेल विराटनगर भन्सारसम्म आउनेछ ।

साथै सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास पनि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्