०६ साउन २०८३, बुधबार
प्रधानमन्त्रीको भारत भ्रमण

तामाकोशीसहित १२०० मेगावाट बिजुली किन्न भारतलाई प्रचण्डको आग्रह, ५० मेगावाट बंगलादेश निर्यात

तामाकोशीसहित १२०० मेगावाट बिजुली किन्न भारतलाई प्रचण्डको आग्रह, ५० मेगावाट बंगलादेश निर्यात

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अपर तामाकोशीसहितका आयोजनाबाट थप १२०० मेगावाट बिजुली खरिदका लागि भारतलाई आग्रह गरेका छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग वान टु वान र प्रतिनिधिमण्डल स्तरमा भएको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले उक्त जानकारी गराएका हुन् ।

'अपर तामाकोशीसहितका आयोजनाको थप १२०० मेगावाट बिजुली आयातका लागि आग्रह गर्दा सकारात्मक जवाफका लागि मोदीजीलाई धन्यवाद,' प्रचण्डले भने ।

साथै उनले भारतको बाटो हुँदै ५० मेगावाट बिजुली बंगलादेश निर्यातका लागि समेत सहमति भएको खुलाए ।

'भारतीय बाटो हुँदै ५० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने सहमति भएको छ । यसलाई तीन देशबीच छलफल गरेर छिट्टै कार्यान्वयनमा ल्याइने छ,' प्रचण्डले थपे । 

salt training

कमेन्ट गर्नुहोस्