१० साउन २०८३, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमण

भैरहवा विमानस्थलमा आईएलएस प्रयोगको स्वीकृति, खराब मौसममा पनि अवतरण गर्न सकिने

जेठ १८, २०८०
भैरहवा विमानस्थलमा आईएलएस प्रयोगको स्वीकृति, खराब मौसममा पनि अवतरण गर्न सकिने

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा 'इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम' (आईएलएस) प्रयोगका लागि भारतले स्वीकृति दिएको छ ।

विमानस्थलमा आईएलएस जडान भए पनि भारतले अनुमति नदिँदा खराब मौसममा उडान तथा अवतरण गर्नै नसकिने अवस्था थियो । जसका कारण महिनौंसम्म अन्तराष्ट्रिय उडान नै ठप्प हुने गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएसका लागि भारतले अनुमति दिएको बताएका छन् । 

प्रधानमन्त्री प्रचण्डसँगै दिल्ली यात्रामा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई क्षेत्रमा ठूलै प्रगति भएको दाबी लोकान्तरसँग गरे ।

'हामीले आईएलएस जडान गरे पनि भारतले अनुमति नदिँदा खराब मौसममा विमान अन्यत्र डाइभर्ट गर्नुपर्थ्यो,' अधिकारीले लोकान्तरसँग भने, 'अब आईएलएस अनुमति पाएपछि विमान उडान/अवतरण गर्न सहज हुने भयो ।' 

प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा अतिरिक्त हवाई रुटबारे समेत कुराकानी भएको जानकारी गराए ।

'हामीले अतिरिक्त हवाई रुटका विषयमा पनि छलफल गरेका छौं । द्विपक्षीय हवाई उडानका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गर्छ,' प्रचण्डले भने ।

उनले दुई देशबीच द्विपक्षीय एटीआर जहाज उडान गर्न सम्भव रहेको पनि बताए ।

'हामीले महेन्द्रनगरबाट 'हाई अल्टिच्युड एयर इन्ट्री रूट'को स्वीकृतिका लागि पनि अनुरोध गरेका छौं,' प्रधानमन्त्री प्रचण्डले थपे, 'नयाँ बनेको पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको विभिन्न शहरमा समेत उडान सञ्चालन गर्न चाहेका छौं,' प्रचण्डले भनेका थिए ।
 
प्राधिकरणका महानिर्देशक अधिकारी अब भैरहवा-दिल्ली, नेपालगञ्ज-दिल्लीजस्ता उडान सञ्चालन गर्न पनि सम्भव भएको बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्