असोज १३, २०८०
आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनलाई गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुस...
अन्नपूर्ण म्याराथनमा यस पटक ५६ धावक सहभागी हुने भएका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा तेस्रो संस्करणको ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’ हुँदैछ ।
बुधबारदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा शुरु भएको उक्त महोत्सवको अन्तिम दिन यही जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस (जुन ३)का अवसरमा ‘अन्नपूर्ण म्याराथन’ हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका संयोजक ललित गुरुङले जानकारी दिए ।
उनका अनुसार उक्त दिन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२ दशमलव १९५ किमी) को म्याराथनमा ५६ जना धावक सहभागी हुनेछन् ।
म्याराथनमा विदेशी नागरिक पनि सहभागी हुने समितिका संयोजक गुरुङले बताए।
उनका अनुसार म्याराथनमा सहभागी हुनेहरू मङ्गलवारबाट नै अन्नपूर्ण आधार शिविरतर्फको यात्रा थालेका र उनीहरू मङ्गलवार छोम्रोङ, बुधवार हिमालय हुँदै बिहीवार माछापुच्छ्रे आधार शिविरमा पुग्ने कार्यक्रम छ ।
माछापुच्छ्रे आधार शिविरबाट शुक्रवार बिहान ७ बजे धावक अन्नपूर्ण आधार शिविर पुगी म्याराथनका लागि पूर्वाभ्यास गर्नेछन् । जेठ २० (जुन ३) का दिन अन्नपूर्ण आधार शिविरबाट बिहान ७ बजे म्याराथन शुरु भई घान्द्रुकमा आई समापन हुने समितिका संयोजक गुरुङले जानकारी दिए ।
उनका म्याराथनका सहभागी धावकलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाइँदै आइएको छ ।
म्याराथन प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले रू एक लाख ५० हजार, द्वितीय हुनेले रू एक लाख र तृतीय हुनेले रू ७५ हजार प्राप्त गर्ने छन् । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रू ७५ हजार, रू ५० हजार र रू २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।
आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी अस्पताल भर्ना भएका छन् । उनलाई गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुस...
नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार आइतवार बिहान ११ बजेबाट मतदा...
चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण शुरू भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिवि...
नेपाल प्रहरीले पाँच केजी चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरूलाई शनिवार काठमाडौंबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिकाका ३२ वर्षीय गोविन्द तामाङ र २७ वर्षका मुस्कान लाम...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्। अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका विभिन्न शहरहरूबाट पोखरामा सीधा हवाई उडान हुने बताएका छन् । २ साताको विदेश भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...