०५ साउन २०८३, मंगलबार

२६८ हजयात्री आज मक्का मदिना जाँदै, उपप्रधानमन्त्री श्रेष्ठले बिदाई गर्ने

२६८ हजयात्री आज मक्का मदिना जाँदै, उपप्रधानमन्त्री श्रेष्ठले बिदाई गर्ने
फाइल तस्वीर

साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको पहिलो समूह आज (बिहीवार) त्यसतर्फ प्रस्थान गर्दैछ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले २६८ जनालाई राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बिदाई गर्ने छन् ।

मुस्लिम जनसंख्याको ० दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ। विभिन्न समूहगरी २४ गतेसम्ममा यसवर्षका झण्डै ११ सय ८० हजयात्रीहरू साउदी अरेबिया पुग्नेछन् । उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किने छन् । नेपालमा मुस्लिम जनसंख्या १२ लाखको हाराहारीमा छ।

नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवम् गृह मन्त्रालयका उपसचिव  विश्व कुईंकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हजयात्रीको छनोट हुने गर्दछ।

salt training

कमेन्ट गर्नुहोस्