०६ असार २०८३, शनिबार

रोहिंग्याका विषयमा आङ सान सुकीको मौनता, कारण के ?

कात्तिक २०, २०७४
रोहिंग्याका विषयमा आङ सान सुकीको मौनता, कारण के ?

काठमाडौं, २२ भदौ —आङ सान सुकी बर्माकी वास्तविक नागरिक नेत्री हुन् । नोबेल शान्ति पुरस्कार विजेता सुकीले विगत दुई दशकदेखि लोकतन्त्रको योद्धाका रूपमा संसारभरि सम्मान पाइरहेकी छन् ।


बर्मामा क्रूर सैन्य शासनविरुद्ध अथक रूपमा लडेकी सुकीले रोहिंग्याको मुद्दामा भने मौनता कायम राखेकी छन् । बर्मामा धेरैथरी जातीय समूहहरू छन् तर कुनै पनि समुदायलाई रोहिंग्याको जस्तो बेवास्ता गरिएको छैन ।

रोहिंग्याहरूलाई राखिनेमा अछुतको जस्तो व्यवहार गरिन्छ र सरकारी दमन तथा अत्याचारका कारण उनीहरूमा विद्रोहको भावना उत्पन्न भएको छ । यसकारण विदेशी मुसलमान लडाकुहरूले बर्मामा ठूलै सञ्जाल बनाउने मौका पाएका छन् ।

अधिकारवादी समूहहहरूले रोहिंग्याहरूको जोखिमका बारेमा लामो समयदेखि कुरा उठाउँदै आएका छन् । सन् २०१५ मा अमेरिकास्थित नरसंहार संग्रहालयले बर्मामा नरसंहारको जोखिम रहेको औंल्याएको थियो ।

‘वास्तविक नेताले यस विषयमा केही कदम चाल्नुपर्ने हो । हामी कुनै पनि सरकारबाट त्यही चाहन्छौं । सरकारले आफ्नो क्षेत्राधिकारमा रहेका जोकोहीलाई संरक्षण गर्नुपर्ने हुन्छ,’ बर्माका लागि संयुक्त राष्ट्रसंघ मानवअधिकार प्रतिवेदक याङ्घी ली बताउँछन् । उनका अनुसार गत हप्तादेखि एक हजाभन्दा बढी रोहिंग्याहरू मारिएका छन् ।

तर अत्याचारका खबर आएपनि सुकीले मौनता कायम राखेकी छन् । विश्वका नेताहरूले नरसंहारको निन्दा गरेको भएपनि सुकी चुप छिन् ।

सुकीका समर्थकहरू चाहिँ उनले बर्माको सेनासँग सन्तुलन मिलाउनुपरेको अनि सेनालाई बौद्ध राष्ट्रवादीहरूको समर्थन रहेको बताउँछन् ।

तर सुकीले विद्रोहग्रस्त क्षेत्रमा मानवीय राहत पु–याउने काममा राज्यले लगाएको कठोर प्रतिबन्धलाई समेत हटाएकी छैनन् । अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यमलाई राखिनेमा के भइरहेको छ भनी अनुसन्धान गर्न दिएको छैन ।

‘आङ सान सुकीले अझै पनि सेनामाथि नियन्त्रण कायम गर्न नसकेको कुरा म मान्छु,’ गार्डियन पत्रिकाका स्तम्भकार जर्ज मोनबियो लेख्छन् । ‘उनले काम गर्न नपाएपनि नरसंहारविरुद्ध बोल्न त सक्छिन् नि । तर बोल्नुको साटो उनी मौन बसेकी छन्, जुटाइएका प्रमाण पनि पत्याउँदिनन् र मानवीय सहायतामा पनि बाधा हटाउँदिनन् ।’

अझ, निकट विगतमा उनको कार्यालयले रोहिंग्यामाथि भएका बलात्कारलाई ‘आतंकवादीहरूको गफ’ भनी अस्वीकार गरेको थियो र संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रोहिंग्याको पीडाका बारेमा बनाएका रिपोर्टलाई बढाइचढाइ गरिएको भनेको थियो ।

त्यसमाथि उनले गत वर्ष रोहिंग्या शब्द नै नभएको भन्ने बर्माको आधिकारिक पोजिसन दोहो–याएकी थिइन् ।

‘मौनता त उनको सबभन्दा कम गम्भीर पाप हो,’ इन्टरसेप्ट पत्रिकामा मेहदी हसन लेख्छन्, ‘मौनताले तटस्थताको संकेत दिन्छ । तर सुकीको अडानमा तटस्थता छैन । उनले बौद्ध राष्ट्रवादको पक्ष लिएर मुसलमानविरोधी अडान लिएकी छन् ।’

हिंसा कायम रहँदा यो संकट क्षेत्रीय स्तरमा पुग्नसक्ने देखिन्छ । शान्तिपूर्ण समाधान खोज्नुभन्दा ‘सुकीको कार्यालयले यसलाई रोक्न केही पनि काम गरेको छैन । अझ उनीहरूले आगोमा घिउ पो हालिरहेका छन्,’ मानअधिकारवादी संस्था फोर्टीफाई राइट्सका संस्थापक म्याथ्यु स्मिथ बताउँछन् ।

केही आलोचकहरूले सुकीको नोबेल पुरस्कार खोस्नुपर्ने बताएका छन् ।

द वाशिङटन पोस्टबाट

salt training

कमेन्ट गर्नुहोस्