१० साउन २०८३, आइतबार
नक्कली भुटानी शरणार्थी प्रकरण

पूर्वउपप्रधानमन्त्री रायमाझीसहित १५ जनाको बयान सकियो,  पूर्वगृहमन्त्री खाँणसहित बाँकी तीन जनाको शुक्रवार हुने

पूर्वउपप्रधानमन्त्री रायमाझीसहित १५ जनाको बयान सकियो,  पूर्वगृहमन्त्री खाँणसहित बाँकी तीन जनाको शुक्रवार हुने

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान आज (बिहीवार) सकिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये अब तीन जनाले मात्रै बयान दिन बाँकी छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाँण, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी रहेको छ ।

उनीहरूको बयान शुक्रवार लिइने भएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो ।

प्रकरणका आरोपितमध्ये आजसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् । प्रकरणका आरोपितमध्ये १८ पक्राउ परेका छन् भने १२ अझै फरार रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्