
कोशी प्रदेशसभा बैठक आज शुक्रवार बिहान ११ बजे बस्दैछ ।
बिहीवार आर्थिक वर्ष २०८०/८१ को बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि बैठक स्थगित गर्दै सभामुख बाबुराम गौतमले अर्काे बैठक शुक्रवार बस्ने जानकारी दिए ।
प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्रीका तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधवार सदनमा पेश गरेका थिए ।