मंसिर ७, २०८०
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
जेठ १९, २०८०
पुल्चोकको मन्त्री क्वार्टरबाट थोरै अघि बढ्दा पुगिन्छ, हरिहर भवन ।
यो भवन भत्किएको छ । भवनमा झार उम्रिएको छ । कलात्मक संरचना जीर्ण बनेको छ । ७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको भवन अहिलेसम्म बेवारिसे अवस्थामै छ ।
चन्द्रशमशेरले विक्रम सम्वत १९८२ मा आफ्नो माइला छोरा शंकर शमशेरका लागि बनाएको भवन २०२३ सालमा सरकारी स्वामित्वमा ल्याइएको थियो ।
भूकम्पले पुर्याएको क्षति सामान्य मर्मत वा सबलीकरणबाट सुधार गर्न सम्भव नभएपछि प्राविधिकहरूले पुनर्निर्माण नै गर्न सुझाव दिए । तर, ८ वर्षसम्म पनि भवन निर्माण हुन सकेको छैन ।
पुनःनिर्माणमा सरकारी उदासीनताका कारण राणाकालीन संरचनाले यो नियति भोग्नुपरेको हो ।
भूकम्पअघि यही भवनमा रहेका राष्ट्रिय किताबखाना, राष्ट्रिय पुस्तकालय तथा राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अन्यत्रै सरिसकेका छन् ।
सम्पूर्ण निजामती कर्मचारीहरूको अभिलेख राख्ने राष्ट्रिय किताबखानाले त अहिले चार स्थानमा छरिएर काम गर्दै आएको छ । राष्ट्रिय किताबखानाकी उपनिर्देशक सुशीला अर्याल भवन अभाव हुँदा कार्यसम्पादनमा अप्ठ्यारो भएको बताउँछिन् ।
‘निजामती कर्मचारीका महत्त्वपूर्ण तथ्याङ्क तथा सम्पूर्ण तथ्याङ्क यहाँ हुने भएकाले हामीलाई निकै सकस भएको छ,’ उनी भन्छिन्, ‘हरिहर भवन हामी आफैं निर्माण गर्देनौं, छिट्टै बन्दिए हुन्थ्यो ।’
त्यसो त भवन निर्माण गर्न तीनपटक बोलपत्र आह्वान समेत भएको छ । तीनमध्ये एकपटक तत्कालीन पुनःनिर्माण प्राधिकरणले र दुईपटक केन्द्रीय आयोजना कार्यान्वयन इकाइले बोलपत्र आह्वान गरेका हुन् ।
प्राधिकरण विघटन भएपछि भूकम्पका बाँकी काम शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत यही इकाइले सम्माल्दै आएको छ । भवन निर्माण नहुनुमा भारतीय एक्जिम बैंक दोषी रहेको आरोप इकाइको छ ।
भूकम्पपछि सरकारले आयोजना गरेको दाता सम्मेलनमा भारतले ४० अर्ब अनुदान तथा ६० अर्ब ऋण गरी १ खर्ब दिने घोषणा गर्यो । अनुदानको रकममा समस्या भएन, तर चर्को ब्याजदरको ऋणमा पनि भारतले शर्त तेर्स्याएपछि निर्माणमा ढिलाइ भएको हो ।
एक्जिम बैंकले भनेकैमध्येबाट निर्माण कम्पनी छान्नुपर्ने, निर्माणका लागि कम्तीमा ५१ प्रतिशत सामान भारतबाटै ल्याउनुपर्ने, नेपाली निर्माण कम्पनी सामेल गर्न नहुने जस्ता शर्त राखेको छ ।
५१ प्रतिशत सामान भारतबाटै ल्याउने हो भने सिमेन्ट, रड, गिटी बालुवाजस्ता सामान समेत उतैबाट आयात गर्नुपर्ने हुन्छ । इकाइका आयोजना निर्देशक कोषनाथ अधिकारी एक्जिम बैंक शर्तलाई आफूले स्वीकार गर्न नसकेको बताउँछन् ।
‘५१ प्रतिशत निर्माण सामग्री भारतबाट ल्याउनुपर्ने एक्जिम बैंकको शर्त छ,’ उनी भन्छन्, ‘जुन शर्त स्वीकार्ने हो भने बालुवा, सिमेन्ट, गिट्टी, रोडामात्रै होइन, इँटा पनि भारतबाटै ल्याउनुपर्छ, जसलाई स्वीकार्न गाह्रो पर्यो ।’
महंगो ब्याजदरमा ऋण लिएर भवन निर्माण गर्नु उपयुक्त नभएको उनको तर्क छ ।
‘ऊर्जा, सडकजस्ता तत्काल प्रतिफल दिने पूर्वाधारमा लगानी गर्नु उपयुक्त हो, तर भवनजस्तो क्षेत्रमा यति महंगो ब्याजको पैसा लगानी गर्नु ठीक होइन,’ उनी भन्छन् ।
एक्जिम बैंकले प्रतिस्पर्धामा तीनवटा भारतीय निर्माण कम्पनीको नाम पनि पठाएको छ ।
प्रत्येकपटकको बोलपत्रमा दुई कम्पनीले मात्रै भाग लिएका छन् । प्रतिस्पर्धालाई सीमित पार्दा राज्यलाई ठूलै आर्थिक क्षति हुने देखिन्छ ।
३ अर्ब ३० करोडको शुरूआती रकममा ३० करोडसम्म बढाएर ती कम्पनीले ३ अर्ब ६० करोडको प्रस्ताव राखेका छन् । जसलाई इकाइले स्वीकृत गर्न मानेको छैन ।
यता सरकारले भने आगामी आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि नयाँ भवन नबनाउने घोषणा गरेको छ । सार्वजनिक खर्च कटौती गर्ने सरकारको योजनाअनुसार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत सो घोषणा गरेका हुन् । एकातिर सरकारले भवन निर्माण नगर्ने अर्कातिर भर परेको संस्था पनि स्वार्थ केन्द्रित हुँदा हरिहर भवनको हरिबिजोग लामै समय कायम रहने देखिन्छ ।
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...
खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...
गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो । नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ । श्रीकृष्ण जन्माष्टमीका...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...