२८ जेठ २०८३, बिहीबार

सीटीइभीटीका कर्मचारी सवार जीप सुनकोसीमा खस्यो, तीनजना बेपत्ता

सीटीइभीटीका कर्मचारी सवार जीप सुनकोसीमा खस्यो, तीनजना बेपत्ता

head_line: सुनकोशीमा जीप खस्दा तीन बेपत्ता

मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज (शुक्रवार) जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।

उनका अनुसार जीपमा चार जना सवार रहेकोमा एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भएका छन् । 

बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए ।

गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन । बेपत्ताहरूको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले बताए । रासस

salt training

कमेन्ट गर्नुहोस्