×

Dabur
MG

सिप्रदीयन सहायता संस्थाद्वारा मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान

जेठ १९, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सिप्रदीयन सहायता संस्थाले कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान गरेको छ ।

yONNEX
Sagarmatha Cement

तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन प्रतियोगिता २०२३ महिलातर्फ प्रथम र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा सिप्रदीयनसँग सहकार्य गर्दै आएको क्लबका खेलाडीद्वयलाई सम्मानस्वरुप नगद पुरस्कार हस्तान्तरण गरिएको हो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेताहरू धाविका रावत र धावक कुँवरलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।


Advertisment
Kumari
Saurya island
Pardeshi

म्याराथनमा महिलातर्फ प्रथम हुने धाविका रावतलाई ७५ हजार र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्ने कुँवरलाई ५० हजार रुपैयाँ प्रदान गरिएको सिप्रदीयन संस्थाले जनाएको छ ।

Vianet communication
Laxmi Bank

null

उनीहरूलाई सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेशप्रसाद गिरी र कोषाध्यक्ष सौरभराज थापालियाले बधाई दिँदै नगद पुरस्कार प्रदान गरेका थिए ।

खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता वृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरू आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ ।

अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहेन्दर र मेहनती खेलाडीहरू छनोट गरी प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले जितसँगको खुशी साट्दै प्रशिक्षकको अथक प्रयास र खेलाडीहरूको कठोर मेहनतले जित सम्भव भएको बताए । भविष्यमा पनि सिप्रदीयन सहायता संस्थाले जेहेन्दर र मेहनती खेलाडीहरूको हितमा काम उनले प्रतिबद्धता जनाए ।

सन् २०१२ मा स्थापना भएको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो ।
सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू संचालन गर्नका लागि सिप्रदीयन सहायता संस्थाको स्थापना गरिएको हो ।

null

संस्थाले योग्य तर आर्थिक रुपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ ।

संस्थाले जेष्ठ नागरिकहरू, अनाथ बालबालिकाहरू तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सेवा र सहयोग पुर्‍याउने लक्ष्य लिएको छ ।
यसका साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको उद्धार तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

के तपाईँसँग डलरलगायतका विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार अमेरिकी डलर एकको खरिददर...

असोज १२, २०८०

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० मा जम्मा २ अर्ब ६० करोड रूपैयाँ मात्र आन्तरिक आम्दानी गर्‍यो । प्रदेशको आय तथा व्ययको हिसाबकिताब राख्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय लुम्बिनीको तथ्यांकअनु...

असोज १३, २०८०

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो पहिलो कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरूको व्यक्तित्व विकास र उत्प्रेरणालाई मध्यनजर गर्दै आयोजित कार्यक्रम धुलिखेलको ...

असोज ११, २०८०

ग्लोबल आईएमई बैंक लिमिटेडले गुल्मीकोे मुसीकोटमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । नगरपालिकाको वडा नम्बर ५ इन्द्रेगौंडा बजारमा ६६औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । उक्त एक्सटेन्सन का...

असोज १३, २०८०

छन्दू– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।  चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रच...

असोज १३, २०८०

नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आइएक्स)को ‘रियल टाइम मार्केट’मा पनि विद्युत् बिक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । भारतको प्रतिस्पर्धी ऊर्जा बजारमा एक दिनअघि (डे अहेड) मात्रै बोलप...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x