१२ साउन २०८३, मंगलबार

सिप्रदीयन सहायता संस्थाद्वारा मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान

सिप्रदीयन सहायता संस्थाद्वारा मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान

सिप्रदीयन सहायता संस्थाले कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दलबहादुर कुँवरलाई सम्मान गरेको छ ।

तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन प्रतियोगिता २०२३ महिलातर्फ प्रथम र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा सिप्रदीयनसँग सहकार्य गर्दै आएको क्लबका खेलाडीद्वयलाई सम्मानस्वरुप नगद पुरस्कार हस्तान्तरण गरिएको हो ।

सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्व संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेताहरू धाविका रावत र धावक कुँवरलाई एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।

म्याराथनमा महिलातर्फ प्रथम हुने धाविका रावतलाई ७५ हजार र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्ने कुँवरलाई ५० हजार रुपैयाँ प्रदान गरिएको सिप्रदीयन संस्थाले जनाएको छ ।

null

उनीहरूलाई सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेशप्रसाद गिरी र कोषाध्यक्ष सौरभराज थापालियाले बधाई दिँदै नगद पुरस्कार प्रदान गरेका थिए ।

खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता वृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरू आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ ।

अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहेन्दर र मेहनती खेलाडीहरू छनोट गरी प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले जितसँगको खुशी साट्दै प्रशिक्षकको अथक प्रयास र खेलाडीहरूको कठोर मेहनतले जित सम्भव भएको बताए । भविष्यमा पनि सिप्रदीयन सहायता संस्थाले जेहेन्दर र मेहनती खेलाडीहरूको हितमा काम उनले प्रतिबद्धता जनाए ।

सन् २०१२ मा स्थापना भएको सिप्रदीयन सहायता संस्था गैरनाफामूलक निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो ।
सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक उत्तरदायित्वसँग सम्बन्धी क्रियाकलापहरू संचालन गर्नका लागि सिप्रदीयन सहायता संस्थाको स्थापना गरिएको हो ।

null

संस्थाले योग्य तर आर्थिक रुपमा कमजोर बालबालिकालाई छात्रवृत्ति प्रदान गर्दै र दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहयोग गर्ने लक्ष्य लिएको छ ।

संस्थाले जेष्ठ नागरिकहरू, अनाथ बालबालिकाहरू तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सेवा र सहयोग पुर्‍याउने लक्ष्य लिएको छ ।
यसका साथै संस्थाले प्राकृतिक विपद् र प्रकोपबाट पीडितहरूको उद्धार तथा पुनर्स्थापनासम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्