असोज १३, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । आठ दिनको चीन भ्रमण सकेर उनी आज स्वदेश फर्किएका हुन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन ...
सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यताविपरीत काम गरेको भन्दै महामन्त्री थापाले संघर्षमा उत्रिने चेतावनी दिएका हुन् । प्रेस युनियन नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले रेशम चौधरीलाई आममाफी दिने र नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम देउवाको एकल सहमतिमा भएको बताए ।
देउवाले पार्टीलाई उठ्नै नदिनेगरी दिएका ती सहमतिहरू आफूलाई सैह्य नहुने उनले बताए ।
पार्टी सभापति देउवाले गर्दै आएका गलत निर्णयविरुद्ध संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन नेता-कार्यकर्तालाई उनले आह्वान गरे । ‘नेपाली कांग्रेस संलग्न भएको सरकारले केही गम्भीर, महत्वपूर्ण र दीर्घकालीन महत्वका निर्णयहरू गर्यो । आममाफी, नागरिकता विधेयक प्रमाणीकरण र सांसद विकास कोषको ब्युँताउनेलगायत कैयन विषयहरू छन्,' उनले भने, 'यी सबै विषयमा पार्टी सभापतिले एक्लै गर्नुभएको हो । यो परिपार्टी गएको एक/डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले यसलाई सहँदै र मान्दै आएँ । अब म सहन्नँ । यो क्रमलाई रोक्ने हो । अब लडेर रोक्ने हो । जुधेर रोक्ने हो । संघर्ष गरेर रोक्ने हो ।’
महामन्त्री थापाले पार्टीलाई ‘दाई’हरूको पार्टीको रूपमा नभई तल्लो तहका कार्यकर्ताको पार्टीमा रूपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा गरे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् । आठ दिनको चीन भ्रमण सकेर उनी आज स्वदेश फर्किएका हुन् । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको 'चुच्चे नक्सा' नसमेटिएको बारे भ्रमणमा चर्चा भएको दाबी गरेका छन् । नक्साबारे पहिले नै कुरा भएको र आगामी दिनमा सकारात्मक ढं...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिका र चीनको औपचारिक भ्रमण सफल रहेको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएपछि प्रधानमन्त्री प्...
नेकपा एमाले कोशी प्रदेशको अधिवेशन विराटनगरमा जारी छ । ५ पदाधिकारीसहित २१५ सदस्य कार्यसमितिका लागि शनिवार दिउँसो मनोनयन फारम वितरण गरिएको छ । छनोट भएका ९९७ प्रतिनिधिका लागि ७ स...
आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता हुँदैछ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले दिएको जानकारी अनुसार आन्दोलनरत चिकित्सकसँग शनिवार दिउँसो ४ बजेपछि वार्त...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा विभिन्न समयमा बन्द भएका चिनियाँ नाका खोल्ने विषयमा महत्त्वपूर्ण छलफल भएको बताएका छन् । चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...