०१ असार २०८३, सोमबार

नेपालमा सबभन्दा धेरै क्षेत्री, हजारभन्दा कम जनसंख्या भएका ११ जाति

नेपालमा सबभन्दा धेरै क्षेत्री, हजारभन्दा कम जनसंख्या भएका ११ जाति

नेपालमा १४२ वटा जातजाति रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार सबैभन्दा धेरै क्षेत्री १६.४५ प्रतिशत छन् । ब्राह्मण ११.२९ प्रतिशत छन् ।

सबैभन्दा कम जनसंख्या भएका ११ जाति रहेका छन् । तथ्यांक कर्यालयले शुक्रवार सार्वजनिक गरेको विवरणअनुसार एक हजारभन्दा कम जनसंख्या भएका जातिको संख्या ११ छ ।

एक हजारभन्दा कम कम जनसंख्या हुने जातिहरूमा कलार, फ्री, कोचे, टोप्केगोला, राउटे,  वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, वनकरिया र नुराङ जातिका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजा चैत १० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गरेका थिए । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्