२२ असार २०८३, सोमबार

नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका सबै ​अभियुक्तको बयान सकियो, आइतवारदेखि थुनछेक बहस शुरू हुने

जेठ १९, २०८०
कञ्चनपुर
नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका सबै ​अभियुक्तको बयान सकियो, आइतवारदेखि थुनछेक बहस शुरू हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेका अनुसार शुक्रवार सबै अभियुक्तको बयान सकिएको हो।

जिल्ला अदालत काठमाडौँमाका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा शक्रवार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो ।

बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो । अदालतले जेठ १२ गतेदेखि प्रतिवादीहरूको बयान लिन थालेको थियो ।

आइतवारदेखि सबै अभियुक्तको थुनछेक बहस सुरु हुनेछ ।

थुनछेक बहसपछि अदालतले उनीहरूलाई थुनामा पठाउने कि धरौटी लिएर पनि तारेखमा छोड्ने भन्ने आदेश दिने छ । 

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्यमा संलग्न ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियता विरुद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व-उपप्रधानमन्त्री रायमाझी तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १८ जना पक्राउ परेका छन् । प्रकरणका आरोपितमध्ये १२ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्