२९ असार २०८३, सोमबार

१०० दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

जेठ २०, २०८०
इलाम
१०० दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी
प्रतिकात्मक तस्वीर

पाथीभरा मन्दिरमा १०० दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ ।

ईलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न शुरू गरिएको हो ।

समितिका अनुसार फागुनमा २१ लाख ७० हजार २९४, चैत महिनामा २० लाख ६४ हजार ७४३ र वैशाखमा १८ लाख ८५ हजार १०५ रुपैयाँ भेटी संकलन भएको छ । जेठमा हालसम्म ५ लाखभन्दा बढी रकम संकलन भइसकेको छ ।

यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शी रूपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए । रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परिसकेको छ । 

नयाँ समिति आएपछि संकलित रकम सार्वजनिक गर्न शुरू गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताए । ‘पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएकोे १०० दिनमा ६६ लाख ६१ हजार ३७८ भेटी संकलन भएको छ । यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ,’ उनले भने ।

स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन । हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ । 

यसअघि मन्दिरमा संकलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्