१८ असार २०८३, बिहीबार

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कुन दलले पाए के चुनाव चिन्ह ? (पूर्णसूचिसहित)

कात्तिक २०, २०७४
प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कुन दलले पाए  के चुनाव चिन्ह ? (पूर्णसूचिसहित)

काठमाडौं, २२ भदौ  — निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि ९६ दललाई चुनाव चिन्ह प्रदान गरेको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो । जसमध्ये ८ दलले ४ संयुक्त चुनाव चिन्ह लिएका छन् । जसमा माओवादी केन्द्रले समेत समाजवादी जनता पार्टी नेपाल र जनजागरण पार्टीसँग मिलेर गोलाकारभित्रको गोलाकारभित्र हसिया हथौडा लिएको छ । प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायतले भने संयुक्त चुनाव चिन्ह लिएका छैनन्  |aayog

संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरुलाई प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गराउन गत साउन १४ मा आयोगले सूचना प्रकाशन गरेको थियो ।
उक्त सूचनाको आधारमा निर्धारित समयभित्र आयोगसमक्ष निर्वाचन प्रयोजनका लागि ९६  वटा राजनीतिक दलले निवेदन दर्ता गराएका थिए ।
राजनीतिक दलहरुले निवेदन साथ पेश गरेका कागजातहरु जाँचबुझ गरी ती दललाई संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता गरी दलहरुले प्राथमिकता क्रममा माग गरेका निर्वाचन चिह्नहरूमध्ये आयोगको निर्वाचन चिह्नको समूहमा कायम रहेका निर्वाचन चिह्नबाट निर्वाचन चिह्न प्रदान गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा दुई वा दुई भन्दा बढी राजनीतिक दलहरु संयुक्त भई एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिन चाहेका राजनीतिक दलहरुको हकमा समेत राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दर्ता गरी एकल चुनाव चिह्न प्रदान गर्ने निर्णय भएको ढकालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्