१८ असार २०८३, बिहीबार

भारतीय जनताको मनमा चिसो पस्ने भएपछि गेरुबस्त्र लगाएर पूजा गरेँ : प्रचण्ड

जेठ २०, २०८०
काठमाडौं
भारतीय जनताको मनमा चिसो पस्ने भएपछि गेरुबस्त्र लगाएर पूजा गरेँ : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय जनताको मनमा चिसो पस्ने भएपछि गेरुबस्त्र धारण गरेर पूजा गरेको प्रतिक्रिया दिएका छन् । ​​​

चारदिने भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 

पत्रकार सम्मेलनमा साेधिएकाे प्रश्नकाे जवाफमा प्रधानमन्त्रीले गेरुबस्त्र धारण नगरे भारतीय जनताको मनमा चिसो पस्ने भएपछि पूजा गर्नुपरेकाे बताए ।

प्रधानमन्त्रीले उज्जैनमा रहेको महाकालेश्वर मन्दिरमा १०८ वटा रुद्राक्षको माला चढाएर पूजा–अर्चना गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्