०९ साउन २०८३, शनिबार

नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संसद् र संविधानको सम्मान गरेको कांग्रेसको ठहर

जेठ २०, २०८०
काठमाडौं
नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संसद् र संविधानको सम्मान गरेको कांग्रेसको ठहर

सत्तारूढ नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संसद् र संविधानको सम्मान तथा संरक्षण गरेको ठहर गरेको छ । संसदले सबै प्रक्रिया पुरा गरेर पारित गरेको विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्ने संवैधानिक कर्तव्य पुरा राष्ट्रिय एकताको रक्षासमेत गरेको कांग्रेसले ठहर गरेको हो ।

शनिवार विज्ञप्ति जारी गर्दै कांग्रेस रचार विभाग प्रमुख मीन विश्वकर्माले संसदको दुवै सदनबाट दुई पटक पारित नागरिकता विधेयक प्रमाणीकरणबारे भैरहेको दुष्प्रचार र संविधानको अपव्याख्याप्रति आपत्ति जनाएका छन् ।

प्रमाणीकरणका विषयमा आफू खुशी अर्थ लगाई जनतामा भ्रम फैलाउन खोजिएको कांग्रेसको धारणा छ ।

राष्ट्रपतिजस्तो सम्मानित संस्थाका बारेमा अनावश्यक र अनर्गल प्रचार गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण र रेशम चौधरीलगायत कैदीबन्दीलाई आममाफी दिइँदा राष्ट्रपतिमाथि नै आक्षेप लगाउँदै हल्ला मच्चाउनु उपयुक्त नभएको कांग्रेसको ठहर छ ।

null

salt training

कमेन्ट गर्नुहोस्