×

NMB BANK
NIC ASIA

चेपाङ संरक्षण केन्द्रका ५० विद्यार्थीलाई स्कूल ब्याग र स्टेसनरी वितरण

चितवन | जेठ २४, २०८०

NTC
Premier Steels

स्पाउज क्लब अफ नारायणगढ रोटरीले रत्ननगर–११ मंगलपुरमा अवस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका ५० जना विद्यार्थीलाई स्कूल ब्याग र आवश्यक स्टेसनरी वितरण गरेको छ ।

Muktinath Bank

रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ तथा पूर्व अध्यक्षहरू रोहितकुमार श्रेष्ठ र सुसनलाल प्रधानको उपस्थितिमा स्पाउज क्लबका अध्यक्ष सम्झना प्रधानले चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा हस्ते सामग्री वितरण गरेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष सम्झना प्रधानले चितवनका अतिविकट गाउँहरूबाट चेपाङ बालबालिकाहरू ल्याएर आवासको सुविधासहित पठनपाठन गराएर देशको असल नागरिक बनाउने अभिभारा बोकेका संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्माको मुक्तकण्ठले प्रशंसा गर्दै साधुवाद दिएकी थिइन् । नारायणगढ रोटरी क्लबले बेलाबेलामा केन्द्रमा आयोजना गरेका सहयोगका कार्यक्रममा आपूm उपस्थित भएको र अहिले स्पाउज क्लबको अध्यक्षको रूपमा बालबालिकाहरूको शैक्षिक विकासमा थोरै भए पनि सहयोग उपलब्ध गराउन पाएकोमा खुशी लागेको अध्यक्ष प्रधानले बताइन् । स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेलले चेपाङ विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा पनि क्लबले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।


Advertisment
Nabil box
Kumari

मन्तव्यको क्रममा नारायणगढ रोटरी क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले केन्द्रको स्थापनाकालदेखि नै एउटा सहयोगी संस्थाको रूपमा आफ्नो क्लबले निरन्तर सहयोग पुर्‍याउँदै आएको स्मरण गर्दै चेपाङ बालबालिकाको भविष्य निर्माणका लागि घरपरिवार नभनी अहोरात्र संरक्षण र सम्वद्र्धनमा लागेका केपीकिरण शर्मालाई धन्यवाद दिएका थिए ।

Vianet communication

चेपाङ बालबालिकाको शिक्षामा ज्योति पैmलाउने उद्देश्यले नारायणगढदेखि आएर सहयोग प्रदान गरेकोमा प्रशन्नता व्यक्त गर्दै स्पाउज क्लब अफ नारायणगढ रोटरीका अध्यक्ष सम्झना प्रधान लगायत सम्पूर्णलाई गामवेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्षले केन्द्रको तर्पmबाट धन्यवाद ज्ञापन गरेका थिए ।

डा. सुरक्षा श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम स्पाउज क्लबका सचिव इन्दु श्रेष्ठले सञ्चालन गरेकी हुन् । कार्यक्रममा स्पाउज क्लबका उपाध्यक्ष पूर्णिमा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा श्रेष्ठ, सदस्यहरू शान्ति श्रेष्ठ, प्रविणा श्रेष्ठ, निलीमा प्रधान लगायतको उपस्थिति थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x