२७ जेठ २०८३, बुधबार

चेपाङ संरक्षण केन्द्रका ५० विद्यार्थीलाई स्कूल ब्याग र स्टेसनरी वितरण

जेठ २४, २०८०
चितवन
चेपाङ संरक्षण केन्द्रका ५० विद्यार्थीलाई स्कूल ब्याग र स्टेसनरी वितरण

स्पाउज क्लब अफ नारायणगढ रोटरीले रत्ननगर–११ मंगलपुरमा अवस्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रका ५० जना विद्यार्थीलाई स्कूल ब्याग र आवश्यक स्टेसनरी वितरण गरेको छ ।

रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ तथा पूर्व अध्यक्षहरू रोहितकुमार श्रेष्ठ र सुसनलाल प्रधानको उपस्थितिमा स्पाउज क्लबका अध्यक्ष सम्झना प्रधानले चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा हस्ते सामग्री वितरण गरेकी हुन् ।

अध्यक्ष सम्झना प्रधानले चितवनका अतिविकट गाउँहरूबाट चेपाङ बालबालिकाहरू ल्याएर आवासको सुविधासहित पठनपाठन गराएर देशको असल नागरिक बनाउने अभिभारा बोकेका संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्माको मुक्तकण्ठले प्रशंसा गर्दै साधुवाद दिएकी थिइन् । नारायणगढ रोटरी क्लबले बेलाबेलामा केन्द्रमा आयोजना गरेका सहयोगका कार्यक्रममा आपूm उपस्थित भएको र अहिले स्पाउज क्लबको अध्यक्षको रूपमा बालबालिकाहरूको शैक्षिक विकासमा थोरै भए पनि सहयोग उपलब्ध गराउन पाएकोमा खुशी लागेको अध्यक्ष प्रधानले बताइन् । स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेलले चेपाङ विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा पनि क्लबले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्तव्यको क्रममा नारायणगढ रोटरी क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले केन्द्रको स्थापनाकालदेखि नै एउटा सहयोगी संस्थाको रूपमा आफ्नो क्लबले निरन्तर सहयोग पुर्‍याउँदै आएको स्मरण गर्दै चेपाङ बालबालिकाको भविष्य निर्माणका लागि घरपरिवार नभनी अहोरात्र संरक्षण र सम्वद्र्धनमा लागेका केपीकिरण शर्मालाई धन्यवाद दिएका थिए ।

चेपाङ बालबालिकाको शिक्षामा ज्योति पैmलाउने उद्देश्यले नारायणगढदेखि आएर सहयोग प्रदान गरेकोमा प्रशन्नता व्यक्त गर्दै स्पाउज क्लब अफ नारायणगढ रोटरीका अध्यक्ष सम्झना प्रधान लगायत सम्पूर्णलाई गामवेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्षले केन्द्रको तर्पmबाट धन्यवाद ज्ञापन गरेका थिए ।

डा. सुरक्षा श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम स्पाउज क्लबका सचिव इन्दु श्रेष्ठले सञ्चालन गरेकी हुन् । कार्यक्रममा स्पाउज क्लबका उपाध्यक्ष पूर्णिमा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा श्रेष्ठ, सदस्यहरू शान्ति श्रेष्ठ, प्रविणा श्रेष्ठ, निलीमा प्रधान लगायतको उपस्थिति थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्