
गायिका समीक्षा अधिकारी पछिल्लो समयमा रेकर्डिङमा निकै व्यस्त बन्न थालेकी छिन् । उनले दिनमा पाँच/सात वटासम्म गीत रेकर्ड गर्न थालेकी छिन् ।
रेकर्डिङका तस्वीरहरू उनले सामाजिक सञ्जालमा सेयर गर्दै आएकी छिन् । सोमवार एकैदिन सातवटा गीत रेकर्ड गरेको फेसबुक पोष्टमा उल्लेख गरेकी छन् । त्यस्तै, उनले मंगलवार पाँच वटा गीत रेकर्ड गरेको जानकारी दिएकी छन् । समीक्षाको केही समय पातलिएको व्यस्तता लयमा फर्किएको हो ।
रेकर्डिङमा व्यस्त बन्न थालेपनि स्टेज कार्यक्रममा भने अझै सक्रिय हुन सकिरहेकी छैनन् ।
पछिल्लो समय उनले स्वर दिएको ‘आफ्नो आफ्नो दुःख’ बोलको गीत चर्चामा छ ।