×

NMB BANK
NIC ASIA

राष्ट्रिय सभा बैठक

संसदमा प्रधानमन्त्रीको जवाफ- जमिन सट्टापट्टाको कुरा मैले आविस्कार गरेको होइन

काठमाडाैं | जेठ २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जमिन बंगलादेश जाने फुलबारी नाकाको जमिनसँग सट्टापट्टा गर्ने कुरा आफूले प्रस्ताव नगरेको स्पष्ट गरेका छन् । 

Muktinath Bank

बुधवार राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउने क्रममा प्रधानमन्त्री प्रचण्डले औपचारिक बैठकमा जमिन सट्टा पट्टाको कुरा नगरेको स्पष्ट पारेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीमा समस्या समाधान गर्न सरकारले विभिन्न समयमा गठन गरेका समितिले पनि त्यस्तो सुझाव दिने गरेको उनले बताए । ‘नेपालका पत्रकारसँग कुरा गर्दा बंगलादेश जाने बाटो पाउने हो भने समाधान हुनसक्छ कि भनेर बोलेको हो । भारतसँग प्रस्ताव राखेको होइन,’ प्रचण्डले भने, ‘यो विकल्पबारे नेपालमा एउटा-दुइवटा बुद्धिजीवीले मात्र होइन, सरकारले नै समय समयमा अध्ययन गराउने गरेको छ । त्यो अध्ययन गरेका बुद्धिजीवी विशेषज्ञले सट्टापट्टा गर्न सकिन्छ भनेको उहिलैदेखि हो । मैले आविस्कार गरेको या प्रस्ताव गरेको होइन । यस्तो उपलब्धीपूर्ण भ्रमणलाई ओझेल पार्नेगरी यसलाई अतिरञ्जित ढंगले तर्क गर्नु उचित हुँदैन ।’
 
भारत भ्रमणका दौरान प्रचण्डले भूमि सट्टापट्टा गर्ने विकल्पबारे नेपाली पत्रकारहरूसँग बोलेका थिए । सो प्रस्तावलाई लिएर संसदमा प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको जवाफ माग गरेको थियो । 


Advertisment
Nabil box
Kumari

प्रचण्डले नेपाल भारत सम्बन्धलाई सन् २०१४ भन्दा अगाडिको अवस्थामा पुर्‍याउने कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै प्रस्ताव गरेको प्रचण्डले दावी गरे । 

Vianet communication
Laxmi Bank

‘दुइ देशको सम्बन्धलाइ खुलस्त र विश्वासको वातावरण बनाउने हिसावले गरेकोले मैले भन्दा पहिला मोदीजीले नै सीमा ससमस्या समाधान गरिन्छ र नेपाल भारत सम्बन्ध सन् २०१४ सालभन्दा पहिलाको अवस्थामा पुर्‍याउने भन्नुभएको हो । सन् २०१४ मा नेपालको संसदमा आउँदा हिटको कुरा गनुभएको थियो, अहिले सुपरहिटको कुरा गर्नुभयो’ प्रचण्डले भने, ‘कुटनीतिक होइन, उहाँको बडी ल्याङग्वोजले नै बताउँथ्यो । नेपाल भारत सम्बन्ध हिमाल जत्तिको इचाइमा पुर्‍याउने हो भनेर भारतको शक्तिशाली प्रधानमन्त्रीले सीमासम्बन्धी समस्या समाधान गरिन्छ । नेपाल भारत सम्बनधलाई सुपरहिट बनाइन्छ भनेको पहिलो पटक हो, यो गर्दा पनि सबै छाडेर आइस भन्ने कुराको त दवाई छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x