२३ असार २०८३, मंगलबार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जना पक्राउ

जेठ २४, २०८०
काठमाडौं
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ४६ वर्षीय शेरबहादुर तामाङ र झापाको दमक नगरपालिका–१० की ४५ वर्षीया मुनादेवी कार्की रहेका छन् । ​

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । वैदेशिक रोजगारीका लागि कम्बोडिया र दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तामाङले खुमबहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रु पाँच लाख ठगी गरेको आरोपमा आज नयाँबानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

यसैगरी, कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रु चार लाख ५० हजार ठगी गरेको आरोपमा बबरमहलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

उनका अनुसार पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।

salt training

कमेन्ट गर्नुहोस्