०६ साउन २०८३, बुधबार

थारुहरूको पहिचानका लागि रगत बगाउन तयार छु : रेशम चौधरी

जेठ २४, २०८०
बुटवल
थारुहरूको पहिचानका लागि रगत बगाउन तयार छु : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले केही निहित स्वार्थ बोकेका व्यक्तिहरूले आफूलाई किराना लगाउन खोजेको दाबी गरेका छन् ।

पार्टीको नवलपरासी जिल्ला समितिद्वारा बुधवार परासीमा आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । जेलबाट छुटेपछि रेशम चौधरीले थारुहरूको पक्षमा आवाज उठाउँछ भन्ने सोचेर केही व्यक्तिहरूले थारुहरूबाट पराई गराउँदै किनारा लगाउन खोज्ने प्रयास गरिरहेको उनले दाबी गरे । 

आठ वर्षसम्म जेलभित्र बस्नुको चोट र पीडा कहिल्यै नभुल्ने भन्दै उनले बाँकी जीवन थारुहरूको पहिचान दिलाउने संघर्षमा खर्चिने बताए ।

राज्यले आफ्ना भावना कहिल्यै नबुझे पनि थारुहरू धर्ती पुत्र भएकाले नेपाली धर्तीका लागि रगत बगाउन पनि पछि नपर्ने उनको भनाइ थियो ।

टीकापुर घटना अझ पनि सामसुम नभएको भन्दै घटनाका दोषीलाई राज्यले पहिचान गरी कारवाही गर्न उनले सरकारसँग माग गरे ।

salt training

कमेन्ट गर्नुहोस्