०९ साउन २०८३, शनिबार

कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै

जेठ २५, २०८०
कञ्चनपुर
कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदै
प्रतिकात्मक तस्वीर

कञ्चनपुरमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आज बिहीवारदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ ।

खोप अभियानअन्तर्गत कञ्चनपुरमा १ लाख १४ हजार ६२३ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए । बुधवार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुबेला खोप अभियानबारे  सरोकारवाला निकायसित छलफल समेत गरिएको थियो ।

बिहीवारदेखि शुरू हुने खोप अभियान जेठ मसान्तसम्म सञ्चालन हुनेछ । खोप अभियान स्वास्थ्य संस्था, विद्यालय लगायत क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए । ‘खोप पूर्णरूपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूर्ण बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु,’ पन्तले भने, ‘यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौं ।’

सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरिएको हो । कञ्चनपुरमा ५७२ खोप केन्द्रबाट खोप दिइने छ । ३५३ स्वास्थ्यकर्मी खोप सेवाका लागि खटिएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्