१२ असार २०८३, शुक्रबार
निर्वाचन कार्यालय खारेजी

निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलायो

जेठ २५, २०८०
काठमाडौं
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलायो

निर्वाचन आयोगले निर्वाचन कार्यालय खारेजीलगायतको विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ ।

शुक्रवार बिहान साढे ११ बजे बैठक बस्नेगरी राजनीतिक दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार  राजनीतिक दलहरूसँगको बैठकमा विभिन्न पाँच विषयमा छलफल हुनेछ । निर्वाचन कार्यालयको खारेजी, निर्वाचन कानूनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र दलको लेखा तथा लेखापरीक्षण लगायतका विषयमा छलफल हुने प्रवक्ता पौडेलले जानकारी दिए ।

सरकारले जिल्लास्थित निर्वाचन कार्यालयहरू खारेजी गर्ने नीति लिएको छ । सरकारको सो नीतिबारे आयोगले प्रेस विज्ञप्ति नै जारी गरेर सञ्चालनमा रहेका संरचनाहरूको खारेजी गर्ने निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने अवस्था भएको बताएको थियो ।

यस विषयमा आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरिसकेको छ । गृहमन्त्री श्रेष्ठले यस विषयमा अर्थमन्त्री महतसँग छलफल गरेर आवश्यक निर्णय गर्ने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्