
नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक भक्तपुरमा शुरु भएको छ ।
बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।
बैठकमा अध्यक्ष डा. भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । ‘अबको राष्ट्रको सङ्कल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् ।
यस्तो छ राजनीतिक प्रतिवेदनको पूर्णपाठ