१२ साउन २०८३, मंगलबार

विश्वकप छनोटअघि अभ्यास खेल– स्कटल्यान्डविरुद्ध ५८ रन जोड्दा नेपालले गुमायो ३ विकेट

जेठ २५, २०८०
काठमाडौं
विश्वकप छनोटअघि अभ्यास खेल– स्कटल्यान्डविरुद्ध ५८ रन जोड्दा नेपालले गुमायो ३ विकेट
फाइल तस्वीर

आईसीसी विश्वकप क्वालिफायरको तयारीका क्रममा स्कटल्यान्डसँग अभ्यास खेल खेलेको नेपालले ५८ रन जोड्दा ३ विकेट गुमाएको छ ।

दक्षिण अफ्रिकामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १३ ओभर १ बलमा ५८ रन जोड्दा ३ विकेट गुमाएको हो । 

आसिफ शेख २८, कुशल भुर्तेल १६ र भीम सार्की ८ रन जोडेर आउट भएका छन् 

यो समाचार तयार पार्दासम्म कप्तान रोहित पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा छन् ।

१० दिनपछि जिम्बाब्वेमा हुने विश्वकप छनोटको तयारी क्रममा नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेलेको हो ।

salt training

कमेन्ट गर्नुहोस्