१० साउन २०८३, आइतबार

कोशी प्रदेशका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार

जेठ २५, २०८०
विराटनगर
कोशी प्रदेशका उपसभामुख र एमाले नेतामाथि दुर्व्यवहार

कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारलाई कोशी नामकरणको विरोधमा आन्दोलनरत पक्षले दुर्व्यवहार गरेका छन् ।

उदयपुरको गाईघाटमा उपसभामुख दनुवारलाई आन्दोलनरत पक्षका कार्यकर्ताहरूले दुर्व्यवहार गरेका हुन् । उनीहरूले उपसभामुख दनुवार चढेको गाडीको झण्डा निकालेर आक्रमणको प्रयास गरेका थिए ।

यस्तै, पहिचान पक्षधर कार्यकर्ताले नेकपा एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य राम राना मगरलाई इलाममा कालोमोसो दलेका छन् । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिं थेगिमले राना मगरलाई कालोमोसो दलेका हुन् ।

पहिचानवादीको माग र मुद्दालाई सम्बोधन गर्न कोशी प्रदेश सरकारले मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा बुधवार मात्रै वार्ता समिति गठन गरेको छ ।

तर आन्दोलनरत पक्षले अल्पमतमा परेको सरकारले गठन गरेको वार्ताटोलीसँग वार्ता नगर्ने बताएका छन् ।

गत फागनु १७ गते कोशी प्रदेश नामाकरण भएपछि असन्तुष्ट पक्षले निरन्तर आन्दोलन गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्