०३ साउन २०८३, आइतबार

साफ च्याम्पियनसीपका लागि राष्ट्रिय टोलीको घोषणा

जेठ २५, २०८०
काठमाडौं
साफ च्याम्पियनसीपका लागि राष्ट्रिय टोलीको घोषणा

अखिल नेपाल फूटबल संघ (एन्फा) ले भारतमा आयोजना हुने १४औं संस्करणको पुरुष साफ च्याम्पियनसीपका लागि बिहीवार नेपाली राष्ट्रिय फूटबल टोलीको घोषणा गरेको छ । 

आगामी असार ६ गतेदेखि सञ्चालन हुने प्रतियोगिताका लागि नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की र विशाल श्रेष्ठ रहेका छन् । डिफेन्डरमा विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द र सिमान्त थापा रहेका छन् । 

मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मनिकुमार लामा र लाकेन लिम्बू रहेका छन् । 

फरवार्डमा आयुस घलान, नवयुग श्रेष्ठ, दीपकराजसिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आषिश चौधरी र विमल घर्तीमगर रहेका छन् । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा परेको छ ।

नेपालको समूहमा कुवेत, भारत र पाकिस्तान रहेका छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भूटान र बंगलादेश रहेका छन् ।  

नेपालले आफ्नो पहिलो खेल आगामी ६ असार गते कुवेतसँग खेल्नेछ भने असार ९ गते आयोजक भारत र असार १२ गते पाकिस्तानसँग खेल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्