०२ साउन २०८३, शनिबार

रुस्लान भोड्का उत्पादनको ५० वर्ष पूरा, अब नयाँ आकर्षक बोतलमा

जेठ २६, २०८०
काठमाडौं
रुस्लान भोड्का उत्पादनको ५० वर्ष पूरा, अब नयाँ आकर्षक बोतलमा

नेपालकै सर्वोकृष्ट भोड्का रुस्लानले उत्कृष्ट भोड्का उत्पादनको आफ्नो यात्रामा ५० औं वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम राख्दै आएको थियो ।

रुस्लानले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिने भएको छ ।

कम्पनीका अनुसार हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनोटमा रहेको छ । जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिन्छ ।

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । ग्राहकको चाहनालाई मध्यनजर गर्दै सृजनशीलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिस्कृतरुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको रुस्लानले जनाएको छ ।

आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता जनाउँदै कम्पनीले उत्कृष्ट र आकर्षक बोतल बजारमा ल्याएको जानकारी दिएको छ ।

रुस्लान भोड्का अब ७५० एमएल, ३७५ एमएल, १८० एमएलको प्रिमियम बोतलहरूमा उपलब्ध रहेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्