बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
काठमाडाैं | जेठ २७, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्केपछि एमाले अध्यक्ष केपी शर्मा ओली दिनहुँ उनीविरुद्ध खनिन थालेका छन् ।
प्रचण्डको भ्रमण असफल भएको तथ्य स्थापित गर्न ओलीले संसददेखि सार्वजनिक मञ्चमा घण्टौं प्रवचन दिँदै आइरहेका छन् । यता प्रचण्डले भने आफ्नो भ्रमणको सफलताबाट विरोधी र विपक्षी आत्तिएको बताउँदै आएका छन् । ‘भारत भ्रमणमा के गरेर आउनु भयो ? दुई वटा नदी कौडीको मोलमा दिनुभएको छ । बाँध बाँधेर जमाइएको पानी हाम्रो हो । हाम्रो अधिकारको कुरा हो,’ ओलीले प्रधानमन्त्री प्रचण्डलाई आरोप लगाउँदै भने, ‘युक्रेनका वारले हामीकहाँ धुलो उडायो कि के गर्यो ? युक्रेनको वारले हो हाम्रो नदीहरू प्रचण्डजीले सित्तैमा दिएर आएको ? किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो ।’
प्रधानमन्त्री भारतबाट फर्केर संसदमा जवाफ दिन लाग्दासमेत एमाले, रास्वपा र राप्रपाले अवरोध गरेका थिए । सीमाको विषय, विभिन्न जलविद्युत पूर्वाधार, विद्युत व्यापारजस्ता विषयमा नेपाललाई तल पार्ने गरी प्रधानमन्त्री प्रस्तुत भएको आरोप विपक्षी दलहरूको छ ।
प्रधानमन्त्री भारतबाट आएपछि एमाले अध्यक्ष ओलीले संसदमा नै घण्टौं बोलिसकेका छन् । दिनहुँ जस्तो सार्वजनिक कार्यक्रममा पनि प्रधानमन्त्रीमाथि ओली निरन्तर जाइलागेका छन् ।
यता प्रधानमन्त्री भने आफ्नो भ्रमणको सफलताबाट केही मान्छेहरूको आत्तिएको टिप्पणी गरेका छन् । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको भवन उद्घाटन गर्दै प्रचण्डले नागरिक खुशी भए पनि केहीले आत्तिएर राजनीतिको रोटी सेकेको आरोप लगाए ।
‘मेरो भारत भ्रमणबाट आम जनता खुशी छन् । उद्योगी र व्यसायी खुशी छन् । देशको विकासको ढोका खोल्न यो भ्रमण फलदायी भएको छ’ प्रचण्ड भन्छन्, ‘नागरिक खुशी भएको र भ्रमण सफल भएकोमा केही मान्छेलाई पचेको छैन । अनि उनीहरू नागरिकमा भ्रम छर्ने गरी राजनीतिको रोटी सेक्दैछन् ।’
राम्रो काम गर्दा राम्रो भन्न नसक्नेहरूलाई प्रचण्डले रोगीको संज्ञा दिए । ‘यो खुसी र सफलता केही मान्छेहरुलाई पचेको छैन । उनीहरूले अब जनतालाई के भनेर भ्रम दिने र कसरी राजनीतिको रोटी सेक्ने ? राम्रो गरेकोलाई राम्रो भन्न नसक्ने त्यो रोग केही साथीहरूलाई लागेको थियो । त्यो रोगको उपचार विस्तारै गर्दै गरौंला,’ उनले थपे, ‘प्रतिनिधिसभा र राष्ट्रियसभामा कस्तो चित्र देखियो भने तपाईंहरूले पनि टेलिभिजनमा देख्नुभयो होला । मलाई चाहिँ इतिहासमा पहिलोपटक राष्ट्रको आर्थिक हितमा । राष्ट्रको बृहत्तर हितमा राम्रो काम गर्न पाएकोमा खुशी लागेको छ ।’ सरकारले राम्रो काम गर्दा भ्रष्ट तत्व आत्तिएकोसमेत प्रचण्डले बताए । साथै, भ्रष्टाचारविरुद्ध अझै निर्मम भएर लाग्ने उनको भनाइ छ ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल परराष्ट्र नीतिमा एउटै मत हुनुपर्नेमा सबैथोक बिग्रियो भनेर आलोचना गर्नु हताश मानसिकताको उपज भएको बताउँछन् । ‘मुलुकका घरेलु नीतिमा फरक मत र विवाद हुन सक्छन् । जस र अपजस हुन सक्छन् । राजनीति पनि हुन सक्छ’ पोखरेल भन्छन्, ‘तर परराष्ट्र नीतिमा राष्ट्रिय सहमति हुन्छ । राष्ट्रिय हित दुईवटा वा अलग पार्टीको हुँदैन । राष्ट्रिय हित एउटै हुन्छ ।’
के गर्दा राष्ट्रिय हित हुन्छ भन्ने हेर्नुपर्नेमा एमाले अध्यक्ष ओलीको घण्टौं लामा भाषण र आलोचना सत्ता छोड्नुपर्दाको र पुनः प्राप्तिको बाटो कठिन देखिँदाको प्रतिक्रियास्वरुप आएको पोखरेल बताउँछन् ।
‘भारत र नेपाल सम्बन्धमा भारतले चाहेकोमात्रै र नेपालले चाहेकको मात्रै स्वार्थ पूरा हुँदैनन् । छिमेकी भएपछि सन्तुलनको सम्बन्ध राख्ने हो । जलविद्युत चीनले किन्दैन । हामीले बेच्ने भारतलाई हो । बंग्लादेशले किन्छु भनेको छ । भारत यसमा तयार हुँदा विरोध गरिरहनुको अर्थ छैन’ पोखरेल भन्छन्, ‘तर छिमेकीसँगको सम्बन्धलाई लिएर राजनीति गर्नु र घटिया तर्क गर्नु भनेको ओली हतोत्साहित हुनु हो । ओलीजी तल्लो स्तरमा पुगेर बोल्दै हुनुहुन्छ । सत्ता प्राप्त गर्न नसक्दाको हताशा हो । अब छिट्टै सत्ता पनि नपाइने र २०८४ को चुनावको चित्र के हुने हो दबाब हुँदा उहाँमा छटपटी देखिएको छ ।’
सरकारलाई असफल देखाउन खोज्ने, नागरिकता विधेयकमा भारतलाई मुछ्नेजस्ता विषय तथ्यमा आधारित नभएको उनको तर्क छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणमा राम्रै राम्रो भयो भन्ने पनि होइन तर नराम्रो मात्रै भएको पनि छैन । यसका सफलता र असफलताका विषयमा भएका सहमति कसरी कार्यान्वयन हुन्छ त्यसपछि पुष्टि हुँदै जाने हुन्’ पोखरेल भन्छन्, ‘तर तथ्यमा आधारित नभई कसैलाई खेद्ने, उछितो काट्ने शैली जिम्मेवार नेताको निम्ति सुहाउँदो विषय होइन ।’ यस्ता विषयलाई नागरिक र युवाले सम्झिरहने र चुनावमा सबक सिकाउने उनको भनाइ छ ।
‘कार्यकर्तालाई खुशी पार्न र ताली खान नेता जे पनि बोल्छन् । तर अहिले कार्यकर्ताभन्दा आक्रोशित युवावर्ग धेरै छन् । युवा आक्रोशको प्रतिबिम्ब चुनावमा देखिन थालिसक्यो’ पोखरेल भन्छन्, ‘तथ्य प्रमाणमा होइन हावा र हचुवामा यस्तै खिसिट्युरी गर्ने र हलुका भइरहे आम नागरिक र आक्रोशित युवाले निर्वाचनमा हिसाब मिलाउँछन् ।’
नागरिकले झेल्नु परेका दैनिक यात्राका सवाल, अर्थतन्त्रलाई उकास्न खबरदारी र रचनात्मक सुझाव दिनुको सट्टा ओलीका हरेक भाषण र मन्तव्य सरकारलाई खुइल्याउने र गाली गर्नेमा केन्द्रित रहँदै आएका छन् ।
१० पुसमा ओलीले नै प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए । तर सत्ताको सबै लगाम आफ्नो हातमा लिन खोजेपछि प्रचण्ड बिच्किएर कांग्रेसको खेमामा पुगे । त्यसयता ओली प्रधानमन्त्रीविरुद्ध खनिएका थिएनन् ।
तर नक्कली शरणार्थी प्रकरणमा छानबिनको तीर प्रमुख दलका शीर्ष नेता निकट पनि सोझिएपछि भने ओली आत्तिएका थिए ।
रातारात बैठक गर्ने संसदको गाँठो फुकाउने, अप्ठ्यारो पर्दा प्रमुख दलबीच नै मिलेर अघि बढ्नेजस्ता सन्देश पनि ओलीले यहीबीचमा दिइरहेका छन् । एकातिर गाली गर्ने र अर्कोतिर आफ्नो स्वार्थमा मिलेर जान अपिल गर्ने दोहोरो नीति ओलीको देखिन्छ ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...