
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिन्दुधर्मालम्बीको प्रसिद्ध पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
सरकारमा सहभागी मन्त्रीहरुसहित प्रधानमन्त्री प्रचण्ड शनिवार साँझ पशुपति मन्दिर पुगेका थिए ।
धर्मकर्ममा विश्वास नगर्ने उनले आफूलाई भौतिकतादावी भन्दै आएका थिए । पछिल्लो पटक भारत भ्रमणको क्रममा एक मन्दिरमा गेरुवस्त्र लगाएर प्रचण्डले पूजा गरेका थिए । नेपालमा धर्मनिरपेक्षताको वकालत गरेका प्रचण्ड मठ मन्दिरमा गएको भनेर विभिन्न टीकाटिप्पणी भएको थियो ।
संस्कृति पर्यटन मन्त्री सुदन किरारीसहितका मन्त्रीलाई लिएर प्रचण्ड पशुपतिमा पुगेका थिए । पशुपतिमा पुगेर प्रचण्डले रुद्राक्षको माला लगाएका थिए । उनी जुत्ता खोलेर पशुपतिको मुल मन्दिरको प्रागणमा पुगेका थिए ।
पहिला दुई कार्यकालमा दौरा सुरुवाल नलगाएका प्रचण्डले तेस्रो कार्यकालको सपथमै दौरा सुरुवाल लगाएका थिए ।

