०६ असार २०८३, शनिबार

हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. रेग्मी नियुक्त

जेठ २७, २०८०
काठमाडौं
हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. रेग्मी नियुक्त

नेपालको भोकमरी, गरिवी निवारण र पशुपालन क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय मानवीय संस्था हेफर इन्टरनेशनल नेपालको राष्ट्रिय निर्देशकमा डा. तीर्थराज रेग्मी नियुक्त भएका छन् ।

 जेठ १८ गतेदेखि लागू हुने गरी हेफर इन्टरनेशनलले रेग्मीलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको हो ।

सरकारी जागिर छाडेर २० वर्षअघि हेफर इन्टरनेशनल नेपालको क्षेत्रीय कार्यक्रम संयोजकमा काम गरेका रेग्मी ५ महिना अन्तरिम राष्ट्रिय निर्देशक हुँदै प्रमुख भएका हुन् । रेग्मीसँग ग्रामीण तहमा किसान सँग काम गरेको लामो अनुभव रहेको छ । नेपालको गरिवी निवारण र कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै नेपाल सरकारले लिएका लक्ष्य पूरा गर्न सहयोगी भूमिकामा काम गर्ने रेग्मीले बताए । 

पशुपालनका अतिरिक्त हेफर इन्टरनेशनल नेपालले अहिले अदुवा र बेसार जस्ता मसला जन्य बालीको उत्पादन र प्रशोधनमा काम गरिरहेको छ । १ सय २५ देशका करिब पौने चार करोड परिवारसँग हेफर इन्टरनेशनल संस्था जोडिएको छ ।

कमेन्ट गर्नुहोस्