२७ जेठ २०८३, बुधबार

राष्ट्रवादी कांग्रेसमा छोरीलाई अध्यक्षको जिम्मेवारी, भतिजा हेरेको हेर्‍यै

जेठ २८, २०८०
काठमाडौं
राष्ट्रवादी कांग्रेसमा छोरीलाई अध्यक्षको जिम्मेवारी, भतिजा हेरेको हेर्‍यै

भारतको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रमुख शरद पवारले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी छोरी सुप्रिया सुलेलाई सुम्पिएका छन् ।

पार्टीको २५औं स्थापना दिवसका अवसरमा शनिवार गरिएको घोषणामा सुप्रिया र प्रफुल्ल पटेललाई कार्यकारी अध्यक्ष बनाइएको छ । कार्यकारी अध्यक्षको दौडमा भतिजा अजित पवार पनि थिए तर उनलाई कुनै जिम्मेवारी दिइएको छैन ।

प्रमुख शरद पवारको फैसलाले महाराष्ट्रको राजनीतिमा हलचल उत्पन्न भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अजित पवारको दाबेदारी बलियो भए पनि उनलाई जिम्मेवारी दिइएन ।

कार्यविभाजनमा सुप्रियालाई महाराष्ट्र र हरियाणाको जिम्मेवारी दिइएको छ भने पटेललाई राजस्थान र मध्यप्रदेशको जिम्मेवारी दिइएको छ । यस्तो अवस्थामा अजित पवारले कुनै कदम चाल्न सक्ने चर्चा हुन थालेको छ ।

कार्यकारी अध्यक्षको घोषणासँगै शरद पवारले आफ्ना उत्तराधिकारीबारे संकेत गरेको चर्चा हुन थालेको छ । प्रमुख शरदको फैसलालाई पार्टीका अधिकांश प्रमुख नेताले समर्थन गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्