०४ असार २०८३, बिहीबार

झन्डावाल मन्त्रीलाई स्थानीयले प्रहरीमा बुझाए

कात्तिक २०, २०७४
झन्डावाल  मन्त्रीलाई स्थानीयले प्रहरीमा  बुझाए
बारा, २४ भदौ- निर्वाचन आचारसंहिताविपरीत मतदातासँग झन्डावाल गाडीमा भोट माग्दै हिँडेका जलस्रोत राज्यमन्त्री अमरसिंह पुनलाई स्थानीयले शुक्रबार नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।mantree

जितपुरसिमरा उपमहानगरपालिका–११ फत्तेपुरमा कांग्रेस कार्यकर्तालाई सरकारी गाडीमा राखेर भोट माग्दै हिँडेका मन्त्री सिंहलाई स्थानीयले गाडीसहित नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका हुन् ।

बाढीपीडितको अवस्था बुझ्न भन्दै फत्तेपुर आएका मन्त्रीले गाउँमा भोट माग्दै हिँडेको देखेपछि स्थानीयले नियन्त्रणमा लिएका हुन् । मन्त्रीले नै आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएपछि प्रहरीले उद्धार गरेको थियो, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्