०१ असार २०८३, सोमबार

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिन स्वास्थ्यमन्त्री अस्पतालमा

जेठ ३०, २०८०
काठमाडौं
राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी दिन स्वास्थ्यमन्त्री अस्पतालमा

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पताल पुगेक छन् ।  

बस्नेत बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यमन्त्री आज साँझ अस्पताल पुगेका हुन् । 

मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले बताए ।  मुटुमा समस्या आएपछि पौडेल सो अस्पतालमा भर्ना भएका छन् ।  

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी गराएको छ । 

salt training

कमेन्ट गर्नुहोस्