०८ साउन २०८३, शुक्रबार

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण, यस्तो छ मुद्दा

जेठ ३१, २०८०
काठमाडौं
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे आत्मसमर्पण, यस्तो छ मुद्दा
प्रतिकात्मक तस्वीर

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतमा आत्मसमर्पण गरेका छन् ।

बुधवार बिहान मियामी अदालत पुगेर उनले आत्मसमर्पण गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

आत्मसमर्पण लगत्तै उनलाई गिरफ्तार गरिएको थियो । अदालतमा करीब ४५ मिनेट चलेको बहसपछि उनलाई सशर्त रिहाइ गरिएको छ ।

गोप्य दस्तावेज सम्बन्धी मुद्दामा ट्रम्पले आफू निर्दाेष भएको दाबी गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप राजनीति प्रेरित भएको बताएका छन् ।

ट्रम्पले अब सहयोगी वल्ट नोटासँग कुराकानी गर्न पाउने छैनन् । उनी निजी विमानबाट अदालत आएका थिए ।

गत वर्ष फ्लोरिडास्थित ट्रम्पको रिपोर्टमा एफबीआईले छापा मारेको थियो । जसमा ११ हजारभन्दा बढी दस्तावेज बरामद गरिएको थियो । जसमध्ये अमेरिकी प्रशासनको नियन्त्रणमा हुनुपर्ने दस्तावेज ट्रम्पको रिसोर्टमा भेटिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्