
नक्कली शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण पक्षको बहस सकिएको छ ।
बुधवार पूर्व महान्यायाधिवक्ताद्वय रमन श्रेष्ठ र खम्मबहादुर खाती, बार अध्यक्ष गोपालकृष्ण घिमिरे, वरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार महतो र अधिवक्ता ललित बस्नेतले बहस गरे ।
यसअघि मंगलवार पनि खाँणको पक्षमा बहस भएको थियो ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता समेत रहेका पूर्व महान्यायाधिवक्ता रमन श्रेष्ठले संगठित अपराध र ठगीबाहेक अन्य विषयमा बयान समेत नलिइएकाले ती विषयमा प्रवेशै गर्न नमिल्ने जिकिर गरे ।
खाँणमाथि सरकारी लिखत कीर्ते र राष्ट्रहितविपरीतको कसूरसम्बन्धी अभियोग समेत लगाइएको छ ।
बुधवार बहस गरेकाहरूले पनि खाँणमाथिको अभियोग पुष्टि नहुने भन्दै साधारण तारेखमा रिहा गर्न माग गरेका छन् ।