२९ जेठ २०८३, शुक्रबार

५४ लाखको सुनसहित एक जना पक्राउ

जेठ ३१, २०८०
हेटौंडा
५४ लाखको सुनसहित एक जना पक्राउ

५४ लाख रुपैयाँ बराबरको सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेको छन् ।

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब रु ५४ लाख ४८ हजार बराबरको सुनसहित उनलाई पक्राउ गरिएको जानकारी दिएको हो ।

जुत्ताको नोकभित्र पाँच सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा उक्त सुनसहित युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गौतमले बताए ।

salt training

कमेन्ट गर्नुहोस्