०५ साउन २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डद्वारा ग्यास उत्खनन क्षेत्रको निरीक्षण

जेठ ३१, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्डद्वारा ग्यास उत्खनन क्षेत्रको निरीक्षण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गरेका छन् ।

बुधवार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात् प्रधानमन्त्री उत्खनन क्षेत्रमा पुगेका हुन् । अवलोकन र निरीक्षणका क्रममा प्रधानमन्त्रीले ग्यास उत्खनन र यससँग सम्बन्धित विषयको जानकारी समेत लिएका छन् ।

निरीक्षणअघि प्रधानमन्त्री प्रचण्डले दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए । दाहाल, लम्साल, रूपाखेती, कुंवर र राणा वंशका कूल शिरोमणि दाशुको शालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल कार्यकाल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताए ।

दाङ र दैलेखमा आयोजित कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री बुधवार साँझ काठमाडौं फर्किएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्